नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मरिससविरुद्धको दोस्रो खेलमा पनि जित हात पार्न सफल भएकोमा आफू खुसी भएको बताएका छन् ।खेल सकिएपछिको पत्रकारसम्मेलनमा प्रशिक्षक अल्मुताइरीले आफू आज खेलाडीको प्रदर्शनबाट खुसी भएको बताए । शारीरिक रुपमा बलियो टिमबिरुद्ध नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेको उनको भनाइ थियो ।
खेल तनावग्रस्त हुन राम्रो नभएको बताउँदै उनले १ गोलको अग्रता पछि धैर्य भएर खेल्नुपर्ने बताए ।खेलमा भएको तनावका लागि दुबै पक्षका खेलाडी ५०र५० प्रतिशत जिम्मेवार भएको उनको भनाइ थियो ।
गेम सकियो अब सबैले कुरा बिर्सनुपर्छु अल्मुताइरीले भने, ुम रेफ्रीको डिसिजन सम्मान गर्छु ।खेलमा हार जित हुने भन्दै उनले आफूहरु जितका लागि योग्य भएको बताए । उनले खेलाडीहरु आज नडराई खेलेको बताए । तनावपूर्ण खेलमा नेपालले मसिससविरुद्ध १(० को जित हात पारेको थियो।










