मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाेखरामा शंकास्पद वस्तु भेटियाे,बम डिस्पाेजल टाेली घटनास्थलमा



पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु भेटिएकाे छ । शंकास्पद वस्तु भेटिएछि त्यस क्षेत्रमा त्रास बढेकाे छ ।

एमसीसी सम्झौताविरुद्ध ६ दलीय गठबन्धनले नेपाल बन्द आह्वान गरेकै समयमा शंकास्पद वस्तु भेटिएकाे हाे ।

साे क्षेत्रमा प्रहरी र सेनाकाे बम डिस्पाेजल टाेली पुगिसकेकाे कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए ।

ठाउँठाउँमा सुरक्षा ब्यवस्थामा कडाई गरिएकाे छ भने शंकास्पद गतिविधि गर्नेहरूलाई पक्राउ गरिएकाे छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  २ : ०२ बजे