मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाघको संरक्षणमा नेपालले हात पारेको लोभलाग्दो सफलता



लोप हुने खतराको सामना गरिरहेको बाघको संरक्षणका लागी नेपालले गरेको प्रयास र प्राप्त गरेको सफलता बिश्वकै लागी एउटा नमुना बनेको छ ।सन्  २००८ मा गरिएको बाघ गणनामा १२१ वटा बयस्क बाघ रहेकोमा सन् २०१८ को बाघ गणनाले नेपालमा बाघको संख्या २३५ रहेको देखायो भने अहिले  चलिरहेको बाघ गणनाले बाघको संख्या थप बढ्ने अपेक्षा गरिएको छ ।

नेपालमा पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा गरी पाँच वटा राष्ट्रिय निकुञ्जमा बाघको बसोबास रहेको छ ।यि निकुन्जसँग जोडिएका बन क्षेत्रमा पनि बाघको बसोबास र बिचरण हुने गरेको छ ।बाघको संख्या दोब्बर बनाउन नेपालले जनाएको अन्तर्राष्ट्रिय प्रतिबद्दता अनुसार यिनै पाँच निकुन्ज र निकुन्जसँग जोडिएका बन क्षेत्रमा झाण्डै एक दशक अघिबाट थालिएको संरक्षण र बाघको संख्या दोब्बर बनाउने लक्ष्यमा नेपाल करीब पुर्ण सफल देखिएको छ ।यसले बाघ संरक्षण र बृद्दिमा नेपालले हासिल गरेको सफलता अन्तर्राष्ट्रिय रुपमै प्रसंशित भएको छ भने नेपालका लागी अन्तर्राष्ट्रिय गौरबको बिषय समेत बनेको छ ।

बाघ विश्वबाटै लोप हुने खतरा बढेपछि रसियाको सेन्ट पिटर्सवर्गमा सन् २०१० मा बिश्व बाघ सम्मेलनको आयोजना गरियो । बाघ पाइने नेपाल लगायत १३ वटा मुलुकका राष्ट्रप्रमुख तथा प्रतिनिधि सम्मिलित सम्मेलनले सन् २०२२ सम्ममा विश्वमा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्दता र लक्ष्य सार्वजनिक गरेपछी त्यस यता नेपालले बाघको संख्या दोब्बर बनाउनेगरी काम थालेर सफलता हासिल गरेको हो ।उक्त सम्मेलनबाट बाघ पाइने १३ राष्ट्र, संरक्षण साझेदार तथा दातृ निकायहरू एकजुट भई सन् २०१० देखि बाघको संख्या दोब्बर पार्न जुटेका थिए ।

संरक्षण थालिएपछी निकुञ्जहरुमामा बाघ र आहारा प्रजातिका लागी खानेपानीको समस्या रहेकोले बिभिन्न निकुञ्जहरुमा पोखरी र  घाँसे मैदान निर्माण गरिएको छ ।संरक्षित क्षेत्रमा नियमित गस्ती, सुराकी परिचालन, समुदायमा जनचेतना जगाउने लगायतका कार्यक्रम सञ्चालन गरिएको छ ।

बाघको संरक्षणका लागी नेपालले गरेको प्रयासस्वरुप नेपालमा बाघको संख्या बढिरहेको बन बिभागका महानिर्देशक डा. राम चन्द्र कँडेल बताऊँछन् ।अहिलेको बाघ गणनामा पनि बाघको संख्या उल्लेख्य बढ्ने अपेक्षा गरिएको तर गणनाको कुनै बिबरण आइ नसकेको कँडेलको भनाइ छ ।गत मंसिर १९ बाट सुरु भएको बाघ गणना अन्यत्र सकिएको छ भने शुक्लाफ़ाटा र बाकेमा अहिले चलिरहेको छ।

“संख्या लगातार बढिरहेकोले बाघसँग सम्बन्धित वातावरणिय अवस्था ठिक रहेको र अहारा बासस्थान्,पानीका श्रोत लगायतको सन्तुलित अवस्था रहेको देखिएको छ,” उनले भने, चोरी सिकारी र अतिक्रमण नियन्त्रणमा पनि सरकार सफल देखिएको छ, त्यसैले हामिले अन्तर्राष्ट्रिय उपलब्धी हासिल गरेका छौ ।”वासस्थान, आहारा प्रजाति, चोरीशिकारी तथा अवैध व्यापार र बाघ, मानव द्वन्द्व आदिका बारेमा चेतना जगाउदै स्थानिय समुदायसँग मिलेर काम गर्दा सफलता मिलेको उनले सुनाए ।

बन बिभागका महानिर्देशक डा. राम चन्द्र कँडेल

बाघसँगै जैबिक बिबिधताको संरक्षणलाई पर्यटन विकाससँग जोडेर लैजाने र स्थानिय समुदायलाई पनि लाभ हुनेगरी संरक्षण कार्यक्रम अघी बढाउदा राम्रो परिणाम निस्किने उनको अनुभब छ ।बाघ संरक्षणको प्रयास भइरहेका स्थानीय सरकारलाई बाघ र बाघसँग सम्बन्धित जैविक विविधताको संरक्षणका बारेमा थप बुझाउन र प्रतिबद्द बनाउन सके संरक्षणको प्रयास अझ दिगो र प्रभाबकारी हुने उनको भनाइ छ ।

संरक्षणका चुनौती

बाघको आहारा प्रजातिहरुको प्राकृतिक वासस्थानको नास, जंगलको फडानी र चोरी सिकारिले बाघको आहारा शृङ्खलालाई जोखिममा पारेको छ ।आहारा प्रजाति लोप हुँदै गए बाघको वासस्थान परिवर्तन र अरु थुप्रै समस्या आउने संरक्षणकर्मिहरु बताउछन ।

बाघको चोरी सिकारि नियन्त्रण गरिएको भए पनि आहारा ब्यबस्थापन, जैबिक मार्गको अतिक्रमण,अब्यबस्थित बिकाश, सिमसार क्षेत्रको अतिक्रमणले पनि बाघको संरक्षणमा चुनौती थपेको उनिहरु बताउछन ।

बाघको वृद्धि हुँदा निकुञ्ज नजिकैका वनमा पनि बाघको आवतजावत बढ्ने हुँदा निकुन्जसँग जोडिएका बन क्षेत्र वरिपरिका मानबिय बस्तिको उचित ब्यबस्थापन र स्थानान्तरण गर्ने सके मात्रै संरक्षण प्रयास दिगो हुने बिभागका महानिर्देशक डा. कँडेल बताऊँछन् ।

बाघ तथा बन्यजन्तु संरक्षण कानुन

वन्यजन्तुको अपराध अन्तर्गत वन्यजन्तुको अवैध शिकार र अवैध व्यापार दुबै पर्दछन् । राष्टिुय निकुञ्ज तथावन्यजन्तु संरक्षण ऐन २०२९, (पाँचौं संसोधन, २०७३) को परिभाषा अनुसार “वन्यजन्तु” भन्नाले “घरपालुवा वाहेक जुनसुकै जातिको स्तनधारी जन्तु, पंछी, घस्रिने जन्तु, माछा, भ्यागुता जाति र कीरा फट्याङग्रालाई सम्झनु पर्दछ र सो शब्दले फुल पार्ने जन्तुको फुल समेतलाई जनाउँछ ।” त्यसैगरी “शिकार” भन्नाले “कुनै वन्यजन्तु जुनसुकै तरिकाले लखेट्ने, पक्रने, दःख दिने, मार्ने वा सो गर्न प्रयत्न गर्ने वा त्यसको शरिरकोकुनै अङ्ग झिक्ने वा नष्ट गर्ने वा त्यसको फुल, गुँड झिक्ने, नष्ट गर्ने वा खलबल गरिदिने कामलाई जनाउँछ ।”

सोही ऐनको दफा ५ (१) (क) अनुसार अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्टिुय निकुञ्ज तथा आरक्ष भित्र वन्यजन्तुको शिकार गर्न वा आखेटोपहार ओसारपसार गर्न निषेध  गरेको छ । सोही ऐनका दफा १० अनुसार अनुसूची–१ मा उल्खेखित वन्यजन्तु संरीक्षत वन्यजन्तु मानिनेछन् र तिनीहरुको शिकार गर्न निषेध गरिएको छ ।

त्यसैगरी वन ऐन २०४९, (दोस्रो संसोधन, २०७३) को दफा ४९ को (ढ) मा समेत राष्टिुय वनमा शिकार गरेमा र सो गर्ने गराउने उद्योग गरेमा कसुर गरेको मानिनेछ । त्यसैगरी संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्टिुय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३ ले दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको कारोबार वा व्यापार गर्न वा गराउन नहुने उल्लेख गरेको छ । वन्यजन्तुको अवैध कारोबारमा संलग्न हुनेलाई पाँचदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म जेल सजाय या दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

 

 

 

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १ : ३७ बजे