आइसीसी टी–२० विश्वकप ग्लोबल छनोट क्रिकेटको सेमिफाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स ९यूएई०दिच खेल हुदैछ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे खेल शुरु हुनेछ ।
आज हुने सेमिफाइनलमा यूएईलाई पराजित गरेमा नेपालले अस्ट्रेलियामा हुने आईसीसी ट्वान्टी–२० विश्वकपमा स्थान पक्का गर्ने छ । विश्वकप १६ अक्टोबरदेखी १३ नोभेम्बरसम्म हुनेछ ।यो खेल जिते नेपाल दोस्रो पटक विश्वकप टी–२० क्रिकेटमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।
नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइलन आएको हो ।नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो। नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई १३८ रनले र तेस्रो खेलमा क्यानडालाई आठ विकेटले पराजित गरेको थियो ।
यस्तै, समूह चरणका तीन खेलमध्ये दुईमा विजयी भएको यूएई एक खेलमा भने पराजित भएको थियो । समूह ‘ए’ बाट आयरल्यान्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश हो ।सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल र यूएईबीच भएको पछिल्लो चार टी( २० भेटमा दुबै टोलीले समान दुई खेलमा जित निकालेका छन् । यद्यपि, हालै ग्लोबल छनोटको तयारीका लागि खेलिएको खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।
यस अघि सन् २०१९ मा भएको तीन भेटमा भने नेपाल दुई पटक विजयी हुँदा यूएई एक पटक जित निकाल्न सफल भएको थियो ।नेपालले यूएईलाई फेब्रुअरी १ र ३ मा भएको भेटमा क्रमशस् ४ विकेट र १४ रनले पराजित गरेको थियो । यता, ३१ जनवरीमा भएको खेलमा यूएई ३१ रनको विजयी भएको थियो ।
कप्तान सन्दीप दुबै टोली एक अर्काबिरुद्द जानकार रहेको र यूएईबिरुद्द खेलाडी मानसिक रुपमा समेत तयारी भएको बताउछन् ।फाइनल प्रबेश गर्ने टोली आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी(२० विश्वकप खेल्न पाउनेछ ।










