तेस्रो विश्वयुद्ध भए त्यो परमाणुयुद्ध हुने रुसको चेतावनी



तेस्रो विश्वमा परमाणुअस्त्र प्रयोग हुने रुसले चेतावनी दिएको छ ।रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ मस्कोमा प्रेस सम्मेलनमा यस्तो बताएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिबन्धहरूको विकल्प तेस्रो विश्वयुद्ध हुने भनेको बताउँदै लाभ्रोभले तेस्रो विश्वयुद्ध भए त्यो परमाणुयुद्धू हुने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

तर, विश्वयुद्धको सोच आफूहरुमा नरहेको उनले बताए ।लाभ्रोभका अनुसार तर त्यो कुरा केवल पश्चिमा नेताको मस्तिष्कमा छ, रुसी जनताको मस्तिष्कमा छैन ।

यदि हामीविरुद्ध वास्तविक युद्ध सुरु भयो भने त्यस्तो योजना बनाउनेहरूले त्यसबारे सोच्नुपर्छ। मेरो विचारमा त्यस्तो योजना बनिसकेको छ । उनले भने ।

प्रकाशित मिति : फाल्गुन १९, २०७८ बिहीबार  ७ : ४४ बजे