बाँके कांग्रेसको सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित भएका छन् । गौडेल प्रतिद्वन्द्वी बादशाह कुर्मीलाई ९७ मत अन्तरले पराजित गर्दै ७६० मतका साथ सभापतिमा विजयी भएका हुन् ।
गौडेलले ७६० मत पाउँदा कुर्मीले ६६३ मत पाएका छन् ।गौडेल संस्थापन इतर समूहका हुन् ।
शुक्रबार भएको दोस्रो चरणको मतदानमा कुल १४ सय ९३ मतादातामा १४ सय ३९ जनाले मतदान गरेका थिए ।
भएको पहिलो चरणको मतदानमा गौडेलले सबभन्दा बढी ५६९ मत ल्याएका थिए भने कुर्मीले ५३८ र संस्थापन समूहकै सुरेन्द्र हमालले ३१४ मत प्राप्त गरेका थिए ।
दोस्रो चरणको मतदानमा हमालले समर्थन गरेसँगइ गौडेलले जित हासिल गरेकाअ हुन ।