रुससँगको युद्ध यूक्रेनले जित्ने अमेरिकाकाे दावी



अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले उक्रेनले रुस्सी सेनालाई परास्त गर्ने बताएका छन ।बीबीसीलाई दिएको एक अन्तर्बार्तामा उनले यस्तो बताएका हुन ।

उनले भने, ” यूक्रेनको सरकार ढालेर आफ्नो कठपुतली सरकार बनाउने रूसको चाहनालाई ४-५ करोड़ यूक्रेनीले अस्विकार गरेका छन ।”

उनले यूक्रेनी सेनाले रूसी भ्लादिमिर पुटिनले सोछे भन्दा कडा टक्कर दिइरहेको र यूक्रेनमा रुसी सेनाले कब्ज़ा गर्न नसकेको पनि दाबी गरे

युद्ध कती समय लम्बिन्छ भन्ने यकिन नरहेको पनि उनले उल्लेख गरे ।

यसैबिच उक्रेनी आकाशलाई नेटोले ‘नो-फ्लाई जोन’ स्थापनाका लागि अस्वीकार गरेपछि युक्रेन राष्ट्रपतिले उक्त सैन्य सङ्गठनका नेताहरूको आलोचना गरेका छन्।

प्रकाशित मिति : फाल्गुन २१, २०७८ शनिबार  १० : ५९ बजे