२०७९ जेष्ठ ११ बुधबार

यो हो संसारकै सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज

यो हो संसारकै सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज


  • 114
    SHARES
    • न्यू सञ्चार
    • बिहिबार, चैत्र १७ २०७८
    • काठमाडौँ

    संसारको सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज याङ्त्जे रिभर थ्री गर्जेज १ ले मंगलबार हुबेइको यिछाङमा आफ्नो पहिलो यात्रा गरेको छ ।

    चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार जहाजमा ठूलो ब्याट्री क्षमता छ । जहाज ७५०० किलोवाट आवर ९केडब्लूएच० समुद्री शक्ति ब्याट्रीद्वारा संचालित छ । जुन एक सयभन्दा बढी विद्युतीय सवारी साधनको ब्याट्री क्षमता बराबर हो ।

    जहाजले जनवरीमा परीक्षण यात्रा गरेको थियो र मध्यचीनको हुबेई प्रान्तको यिछाङमा रहेको आफ्नो गृह बन्दरगाहमा फर्किएको थियो । शून्य उत्सर्जन हाँसिल गर्ने जहाज थ्री गर्जेज ड्यामबाट उत्पादित स्वच्छ जलविद्युत्द्वारा संचालित छ ।

    सरकारले स्वच्छ ऊर्जा र हरित यातायातमा जोड दिइरहेका बेला विद्युतीय जहाजको महत्व बढेको छ । जहाजलाई याङ्त्जे नदीमा दृश्य अवलोकनको भ्रमणमा प्रयोग गरिएको बताइएको छ । १०० मिटर लामो र १६ मिटर फराकिलो जहाजले १३०० यात्रु बोक्न सक्छ ।

    उक्त विशाल जहाज चाइना थ्री गर्जेज कर्पोरेसन र हुबेई यिचाङ यातायात समूहअन्तर्गत याङ्त्जे पावर कम्पनीले निर्माण गरेको हो । एक पटकको चार्जमा जहाजले १०० किलोमिटर यात्रा गर्न सक्ने बताइएको छ ।

    २ करोड ३५ लाख डलर लागतमा जहाज निर्माण भएको हो । शून्य प्रदूषण हुने यस जहाजबाट डिजेल इन्जिनको तुलनामा न्यून आवाज र भाइब्रेसन आउछ ।

    बिहिबार, चैत्र १७ २०७८
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

    © 2022 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology