मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नसुध्रिएको ओलिको बोली



एमाले अध्यक्ष केपी शर्मा ओलि समय -समयमा आइरहने उट्पट्याङ भाषण र उखान टुक्काका कारण पनि चर्चामा हुने गर्छन् ।उट्पट्याङ भाषण र उखान टुक्का मात्रै नभएर उनले देशको पूर्व प्रधानमन्त्री र प्रतिपक्षी पार्टिको अध्यक्ष हुनुको गरिमालाई ठहरै पार्ने भाषा र शैली प्रयोग गरेर प्रतिस्पर्धी नेताहरुप्रती टिकाटिप्पणी पनि गर्ने गरेका छन् ।

पूर्वप्रधानमन्त्री र प्रतिपक्षी पार्टिको अध्यक्षले बोल्ने भाषा र बोलिको शिष्टता देशकैलागी अनुकरणिय हुनुपर्ने हो, बिचार र तर्कमा आधारित शिष्ट समाज बनाउन सहयोगी हुनुपर्ने हो,तर ओलिको भाषण, भाषा र टिप्पणिले उल्टै उनका कार्यकर्तामार्फत अशिष्ट र आक्रामक मनोबृत्तिको समाज बनाउने खतरा पैदा भएको छ ।

ओलीले आज मात्रै जुम्ला पुगेर सरकारलाई म्यादी सरकारको संज्ञा दिए,केहि दिन अघाडी मात्रै प्रचण्डलाई स्यालसँग तुलाना गर्दै सार्बजनिक रुपमै उडाए । ओलिले गरेका लगातारका सम्बोधन र टिप्पणी हेर्ने हो भने उनिसँग बिचार  तर्क सकिएर केबल कुण्ठा, छटपटी र गालीगलौज मात्रै बाकी रहेको प्रतित हुन्छ ।

हुनत उनलाई समाजले बालुवाटारबाट बाल्कोट पुग्नु अघिनै बोलिमा छुद्रनै ठानेको हो । प्राधानमन्त्री छदै आफ्ना कार्यकर्तालाई उनले अरिङ्गगाल बनेर आक्रमण गर्न निर्देशन दिएर सत्तामा रहदा पनि आफ्नो छुद्रताको पुष्टी गरेकै थिए ।छुद्रता,अहङ्कार, समकालिन र सहयोद्दाप्रती असहिस्णुता, र अनावश्यक षड्यन्त्रकै कारण बालुवाटारबाट बाल्कोट पुगेपछी ओलि नरम होलान भनेर गरिएको अपेक्षा पनि फगत अपेक्षा मात्रै भएको छ ।जे-होस उनले प्रयोग गरेका कतिपय भाषा , शैली र टिप्पणिहरु पूर्व प्रधानमन्त्री र प्रतिपक्षी पार्टिको अध्यक्षलाई सुहाउने खालका छैनन् र तीनले ओलिको राजनितिक कद घटाएका पनि छन् ।

पटकपटक सत्ता सञ्चालन गर्ने मौका पाइसकेका ओलिले अरुलाई मात्रै गाली र दोष थुपार्नुको अब तुक देखिदैन ।ओली बालुवाटारबाट बाल्कोट जादा जनाता र समाजले छुटकाराको अनुभुती गरेको पनि भर्खरै हो ।

समाजलाई सभ्यता, बिचार्, तर्क र सहिष्णुता तिर डोर्याउने प्रमुख जिम्मेवारी राजनितिक दल र नेताहरुको पनि हो ।पूर्वप्रधानमन्त्री ओलिले त्यसको उल्टो काम गरेका छन ।उनिबाट देश र जनताले उल्टो होईन सुल्टो तिर डोर्याउने भूमिकाको अपेक्षा गरेका छन् ।

चुनाबी कार्यक्रममा कुनै नेताले आगामी कार्यक्रमका कुरा गर्नुपर्ने हो,जनताको सुझाब लिनुपर्ने हो ।  नेताको भाषणमा जनताले आशा र प्रतिबद्दता खोज्ने हुन । देश दौडाहाबाट नेताहरुले देशको बिकाशको अवस्था जाच्नुपर्ने हो, त्यसको उल्टो गाली गलौज ,खिसिटिउरी र मानमर्दनले देशले के पाउला ? देश र समाजलाई बिस्तारै भएपनी सहिस्णुता, बिकाश र सम्बृद्दीतिर लैजानुको कुनै बिकल्प छैन ।

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ५ : ५८ बजे