क्रिकेट फाइनल : पिएनजीविरुद्ध नेपालको ब्याटिङ



त्रिदेशीय अन्तर्राष्ट्रिय टि-२० शृंखलाको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

फाइनल खेलमा नेपालको टोलीमा एक परिवर्तन भएको छ । यसअघि टोलीमा रहेका कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीले खेल्ने भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्‍यो।

नेपालले शृंखलाको लिग चरणमा सत प्रतिशत जितसहित फाइनलको टिकट काटेको थियो । यस्तै, पिएनजीले भने तीन हार र एक जितसहित फाइनलमा स्थान बनाएको हो ।

नेपाल सन्दीप लामिछानेको कप्तानीमा पहिलो शृंखला जित्ने योजनामा छ ।

प्रकाशित मिति : चैत्र २१, २०७८ सोमबार  १२ : ५४ बजे