पाकिस्तानका प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्ताव संसद्बाट पारित



पाकिस्तानको संसद्ले प्रधानमन्त्री इमरान खानविरुद्ध राखिएको अवश्वासको प्रस्ताव पारित गरेको छ ।पाकिस्तानको सर्वोच्च अदालतले संसद् भङ्ग गर्ने निर्णय खारेज गरेपछि अविश्वासको प्रस्तावमा शनिबार मतदान भएको थियो ।

यसअघि उपसभामुखले अविश्वास प्रस्तावलाई संविधान विपरित भनेर मतदान प्रक्रिया रोकेका थिए। यस्तै प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेका थिए । तर सर्वोच्च अदालतले दुवै निर्णय बदर गरेपछि शनिबार मध्य रातमा मतदान भएको हो ।

पाकिस्तानको नेश्नल एसेम्बलीमा ३४२ सदस्य छन् । अविश्वासको प्रस्तावमा १७४ मत परेको थियो ।

पाकिस्तानको संसदले अब नयाँ प्रधानमन्त्री नियुक्त गर्ने छ। सोमबार नयाँ नेता छान्नका लागि पाकिस्तानी संसदमा मतदान हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : चैत्र २७, २०७८ आईतबार  ९ : ३१ बजे