मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मारिऊपोलमा रुसले रासायनिक अस्त्र प्रहार गरेको युक्रेनको दाबि



युक्रेनी सेनाको आजोभ बटालियनले मारिऊपोलस्थित आजोभ्स्ताल धातु कारखानामा गरिएको एउटा रुसि ड्रोन आक्रमणमा अज्ञात विषालु पदार्थू खसालिएको दाबी गरेको छ ।

उक्त सहरमा भएका सङ्घर्षहरूमा सहभागी भएको सो सैन्य समूहको सम्बन्ध चरम दक्षिणपन्थीहरूसँग छ।आफ्ना सेनाहरू सामान्य घाइते भएका र उनीहरूमा सास फेर्न गाह्रो हुने समस्या देखा परेको उसको दाबी छ।

घाइतेमध्ये एक जनाले विस्फोटनपछि धातु कारखानाको एउटा भागमा ूगुलियो स्वाद भएकोू सेतो धुवाँ फैलिएको बताए।अर्का घाइतेले सास फेर्न नसकेको र गोडा गलेर आफू ढलेको बताए।

रुसी समर्थनप्राप्त दोनेत्स्क जनगणतन्त्रका एक प्रवक्ताले मारिऊपोलमा रासायनिक फौज पठाउन मस्कोलाई आग्रह गरेको केही घण्टापछि उक्त घटना भएको बताइएको छ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ५ : २६ बजे