मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० बजेदेखि सुरु हुने सरकारी कार्यालय ८ बजे नै सुरु गर्ने पाकिस्तानका नयाँ प्रधानमन्त्रीको निर्णय



पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहबाज शरिफले नयाँ मन्त्रीहरू नियुक्त गरेका छन् ।सोमबार संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका शरिफले मङ्गलबार सपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन् ।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार बिलावाल भुट्टो—जर्दारीलाई नयाँ विदेश मन्त्री बनाइएको छ ।त्यसैगरी आन्तरिक मामिला मन्त्रीको जिम्मेबारी राना सनाउल्लाहलाई र सञ्चार मन्त्रीको जिम्मेबारी मार्यम औराङजाबलाई दिइएको छ ।

मन्त्रिपरिषद्मा गठबन्धनमा सहभागी विभिन्न दलको तर्फबाट सिफारिस गरिएका नेताहरूलाई समेटिएको छ । उनको सरकारलाई आफ्नो पार्टीसँगै पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतका पार्टीको समर्थन रहेको छ ।तत्कालीन प्रधानमन्त्री इमरान खानले संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि बाहिरिएकाले शरिफको नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।

उनले सरकारको नेतृत्व गरेसँगै पहिलो निर्णयका रुपमा सरकारी कार्यालयको समय परिवर्तन गरेका छन् । बिहान १० बजेदेखि सुरु हुने सरकारी कार्यालयको सेवा अबदेखि ८ बजे नै सुरु हुने उनले निर्णय गरेका छन् ।

पाकिस्तान मुस्लीम लिग — नवाजका नेता शरिफ पाकिस्तानको २३औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका हुन् ।विपक्षी दलको नेतृत्व गर्दै आएका ७० बर्षिय शरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बन्नु भएका नवाज शरिफका भाइ हुन् । लाहोरमा जन्मिएका शरिफ यसअघि पञ्जाबको मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ९ : ०६ बजे