मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

 रुसको प्रमुख सैन्य पानीजहाजमा विस्फोट, गम्भीर क्षति



रुसको रक्षा मन्त्रालयले ब्ल्याक सीमामा विस्फोटक पदार्थ भण्डारण गरी तैनाथ एउटा आफ्नो सैन्य पानीजहाजमा आगलागी र विस्फोटबाट नराम्ररी क्षति भएको जनाएको छ।उसले मस्क्भा अर्थात् मस्को नामक उक्त क्षेप्यास्त्र सहितको क्रुजरका चालकदलका सदस्यहरूलाई उद्धार गरिएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएको छ।रुसी रक्षा मन्त्रालयले आगलागीको कारणबारे केही बताएको छैन।

यसअघि एक युक्रेनी अधिकारीले उक्त सैनिक जहाजमा दुईवटा युक्रेनी क्षेप्यास्त्र लागेको बताएका थिए।युक्रेनमा बनेको नेप्च्युन क्षेप्यास्त्र उक्त सैनिक जहाजमाथि प्रहार गरिएको बताइएको थियो।युक्रेनी राष्ट्रपतिका एक सहयोगी ओलेक्सी एरिस्ट्रोभिचले रुसी उद्धारकर्ताहरू उक्त पानीजाहाजमा पुग्न नसकिरहेको भन्दै त्यहाँ ५१० जनासम्म रहेको हुनसक्ने बताएका थिए। तर त्यसको पुष्टि भएको थिएन।

मस्कोभा क्षेप्यास्त्र क्रुजर तत्कालीन सोभियत सङ्घ रहेको बेला सन् १९८० को दशकको सुरुमा बनेको हो।युक्रेनको दक्षिणी शहर मेकलोएभमा निर्माण गरिएको उक्त सैनिक पानीजहाज हालैका दिनमा गोलाबारीका निम्ति रुसी फौजहरूले प्रयोग गर्दै आएका थिए।

एक सय ८६ मिटर लामो पानीजहाज सोभियत नौसेनाको ११६४ एट्लान्ट वर्गको प्रमुख पानीजहाज थियो।सुरुमा यसलाई स्लाभा भनिन्थ्यो र पछि मोस्कोभा नाम दिइएको थियो।युद्धमा प्रयोग गरिने यो पानीजहाजमा जहाजप्रतिरोधी क्षेप्यास्त्रसहितका अस्त्रहरू छन्।

सन् २००० मा ब्ल्याक सी फ्लिटको प्रमुख ध्वजावाहक बनेको उक्त क्रुजरले सन् २०१५ मा सिरियामा भएको रुसी सैनिक अभियानमा प्रमुख भूमिका खेलेको थियो।

यसैबीच रुसी सेनाले आफ्नो भूमिमा आक्रमण भइरहे युक्रेनको राजधानीमा रहेका कमान्ड केन्द्रहरूमा हमला गर्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ९ : २० बजे