मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युक्रेनी राष्ट्रपतिको दाबीः युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिए



युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताएका छन् ।

२४ फेब्रुवरीदेखि सुरु भएको सो युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनले बताएका छन् ।

‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, अमेरिकी समाचार संस्था सीएनएनलाई उनले भने । युद्धमा १९ हजारदेखि २० हजार रुसी सेना मारिएको उनको दाबी छ ।

मस्कोले गत महिना युद्धमा आफ्ना १३५१ सेना मारिएको र ३ हजार ८२५ जना घाइते भएको जनाएको थियो ।

युद्धमा मारिने र घाइते हुने सेनाको संख्याबारे दुबै पक्षले आआफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन् ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १ : ४४ बजे