मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किभको सैन्य हार्डवेयर कारखानामा रुसी हमला



युक्रेनको राजधानी किभमा रहेको एउटा सैन्य हार्डवेयर कारखानामा रुसी आक्रमण भएको छ । राजधानी किभबाहिर मिसाइल युनिटमा बम प्रहार गरेको एक दिनपछि सैन्य हार्डवेयर कारखानामासो हमला भएको हो । किभका मेयर भिताली क्लित्सकोले दार्निर्स्की जिल्लामा विस्फोट भएको बताए ।

रूसी सेनाले हार्डवेयर कारखानामा आक्रमण गरेको रूसी रक्षा मन्त्रालयले शनिबार पुष्टि गरेको छ । ‘उच्च सटीक लामो दूरीको हतियारले किभमा हतियार प्लान्टको उत्पादन भवनहरू ध्वस्त पारेको छ’, रुसी रक्षा मन्त्रालयले टेलिग्राममा एक विज्ञप्तिमा भनेको छ ।गत महिना किभ वरपरका क्षेत्रहरूबाट रुसी सेनाहरू फिर्ता भएपछि राजधानीमा भएको यो पहिलो हमला हो । रुसले आफ्नो सम्पूर्ण शक्ति पूर्वी दोनाबास क्षेत्रमा केन्द्रित गर्ने जनाएको छ ।

रूसी सेनाले हार्डवेयर कारखानामा आक्रमण गरेको रूसी रक्षा मन्त्रालयले शनिबार पुष्टि गरेको छ । ‘उच्च सटीक लामो दूरीको हतियारले किभमा हतियार प्लान्टको उत्पादन भवनहरू ध्वस्त पारेको छ’, रुसी रक्षा मन्त्रालयले टेलिग्राममा एक विज्ञप्तिमा भनेको छ ।

ब्ल्याक सिमा आफ्नो युद्धपोत जहाजमा ठूलो क्षति बेहोरोपछि रुसले ठूलो झड्का महसुस गरेको छ । समुद्री युद्धपोतलाई युक्रेनी सेनाले ध्वस्त बनाएको युक्रेनले दाबी गरेको छ । युक्रेनले युद्धपोतलाई मिसाइल आक्रमणको निशानामा परेको बताए पनि रुसले जहाजमा रहेको गोलाबारुद विस्फोटका कारण आगलागी भएको दाबी गरेको छ ।

सोही हमलालाई लिएर रुसले तेस्रो विश्वयुद्ध सुरु भएको चेतावनी दिएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ३ : २६ बजे