मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चीनमा कोभिडः सांघाईमा तीन दिनमा १७ जनाको मृत्यु



चीनको सांघाईमा कोभिडबाट बुधबार थप सात जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको थियो ।

तीब्ररूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसंख्या भएको सांघाईमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायर बढाएको छ ।

पछिल्लो पटक मृत्यु भएका सातै जना दीर्धरोगी भएको बताइएको छ । अधिकारीहरूका अनुसार उनीहरू फोक्सोको क्यान्सर र सुगरबाट पनि पीडित थिए । मृत्यु भएकामध्ये पाँच जना ७० वर्षमाथिका रहेका बताइएको छ ।

‘अस्पताल भर्ना भएपछि बिरामीहरु गम्भीर अवस्थामा पुगेका थिए । निस्प्रभावी उद्दार प्रयत्नपछि उनीहरुको मृत्यु भयो । मृत्युको मुख्य कारण दीर्धकालीन रोग हो’, सांघाई सरकारले एक विज्ञप्तिमा भनेको छ ।

यसैबीच, सांघाईमा बुधबार थप १८ हजार नयाँ संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ११ : ३८ बजे