२०७९ जेष्ठ ११ बुधबार

नौ महिनामा एक खर्ब २६ अर्ब अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिवद्धता प्राप्त

नौ महिनामा एक खर्ब २६ अर्ब अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिवद्धता प्राप्त


  • 54
    SHARES
    • न्यू सञ्चार
    • मंगलबार, बैशाख २० २०७९
    • काठमाडौँ

    चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो नौ महिनामा नेपालले १ खर्ब २६ अर्ब ७ करोड २४ लाख रुपैयाँको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

    प्राप्त प्रतिवद्धतामध्ये अनुदान सहायता ९ अर्ब ४६ करोड २६ लाख रुपैयाँ र ऋण सहायता १ खर्ब १६ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ ।

    जापान, स्वीट्जरल्याण्ड, विश्व बैंक, एसियाली विकास बैंक लगायतका दातृ राष्ट्र तथा निकायबाट उक्त प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    मंगलबार, बैशाख २० २०७९
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

    © 2022 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology