मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बार्सिलोनाको जितमा औवामियाङको दुई गोल



पिएरे इमरिक औवामियाङको दुई मद्दतमा  बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राति सेल्टा भिगोलाई ३-१ अन्तरले पराजित गरेको छ ।

घरेली मैदान नोउ क्याम्प क्याटलान क्लब बार्सिलोनाको जितमा औवामियाङले दुई गोल गर्दा मेम्फिस डिपाएले एक गोल गरे । सेल्टाको लागि लागो आस्पासले सान्त्वना गोल फर्काए ।

जितसँगै बार्सिलोनाको ३६ खेलबाट ७१ अंकसहित दोस्रो स्थानमा छ । पराजित सेल्टा ४३ अंक जोडेर ११औँ स्थानमा छ ।

ला लिगाको च्याम्पियन भने रियल म्याड्रिड बनिसकेको छ । बार्सिलोनाको दोस्रो स्थानमा रहेर लिग टुंगाउने सम्भावना उच्च छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ८ : ४० बजे