मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिभरपुललाई आठौं पटक एफए कपको उपाधि



चिरपरिचित चेल्सीलाई सडनडेथमा पराजित गर्दै शनिबार राति लिभरपुलले एफए कप फुटबलको उपाधि जितेको छ ।

वेम्बली स्टेडियममा निर्धारित समय (९०) र अतिरिक्त समय (३०) मिनेटसमेत गोलरहित बराबरीमा सकिएपछी खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो ।

सडनडेथमा लिभरपुल ६-५ ले जित निकाल्यो । पेनाल्टीमा लिभरपुलका जेम्स मिल्नर, थियागो अल्कान्तरा, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्ड, डिएगो जोटा र कोन्स्टानसिनोस सिमिकसले गोल गरे । लिभरपुलका साडियो मानेले भने पेनाल्टी चुकाए ।

चेल्सीका मार्कुस अलन्सो, जेम्स रिस, रोस बार्क्ली, जोर्हिन्हो र हाकिम जिएच गोल गरे ।

यस्तै, सेजर एज्पिलिक्वेटा र मासन माउन्ट पेनाल्टी गोल हुन सकेन ।

लिभरपुल सिजनको चौथो उपाधि नजिक पुगेको छ । एफए कपको उपाधि जितेको लिभरपुलले यस अघि काराबाओ कपको उपाधी जितेको थियो ।

हाल लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ भने प्रीमियर लिगको उपाधि होडमा छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : ५८ बजे