मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिकोटको नरहरिनाथ गाउँपालिकामा कांग्रेसका विष्ट विजयी



कालिकोटको नरहरिनाथ गाउँपालिकामा नेपाली कांग्रेसका नगेन्द्र विष्ट विजयी भएका छन् । । मंगलबार सार्वजनिक मतपरिमाणअनुसार विष्टले दुई हजार छ सय ३६ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका धीरबहादुर विष्टले दुई हजार चार सय ४५ मत ल्याएका थिए ।

त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका कमलबहादुर शाह विजयी भएका छन् । उनले दुई हजार नौ सय १७ मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी सीता रावलले दुई हजार दुई सय ८३ मत पाएकी छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका नेत्रविक्रम विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एटम बिसीले एक हजार नौ मत पाए । यस गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन रहेको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ५ : २४ बजे