मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्लाहीको चन्द्रनगर अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी



सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।मतगणनाअनुसार चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजकुमार महतो ३९९५ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार गीतादेवी महतो ३८६० मतसहित विजयी भएकी हुन् ।

महतोका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र मुखियाले ३५३६ मत पाए । उपाध्यक्षकी निकटतम प्रतिस्पर्धी कांग्रेसबाट उपाध्यक्ष पदको उम्मेदवार मन्जु देवीले २९५८ मत प्राप्त गरेको चन्द्रनगर गाउँपालिकाका सहायक मतदान अधिकृत मदन बहादुर थिङले जानकारी दिए ।

वडातर्फ १ नम्बरमा कांग्रेसका रामेश्वरप्रसाद महतो, २ मा कांग्रेसकै शम्भु साह तेली, ३ मा माओवादी केन्द्रका सीताराम महतो, ४ मा स्वतन्त्र राजीवसिं दनुवार, ५ मा लोसपाका सूर्यवंश राय, ६ मा माओवादी केन्द्रका रामस्वरूप कुर्मी र ७ मा माओवादी केन्द्रका दिपेन्द्रकुमार चौधरी विजयी भएका छन् । योसँगै सर्लाहीमा कांग्रेसले नौ पालिकामा जित निकालेको छ । माओवादी दुई पालिकामा विजयी भएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ५ : ०९ बजे