मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्रबारको राशिफल : वृषका लागि अर्थलाभले खुसियाली,अरुलाइ कस्तो छ ?



आज ६ जेठ २०७९, शुक्रबार । तद्नुसार मे महिनाको २० तारिक २०२२ । ज्येष्ठकृष्ण पञ्चमी, कौलब करण, उत्तरषाढा नक्षत्र, शुभ योग, चन्द्रमा धनु राशिमा छ । आज बिहान सूर्योदय ५ः१३ मा भएको छ भने सूर्यास्त ६ः४८ मा हुनेछ । बिहान १०ः१९ देखि १२ः०१ सम्म राहुकाल छ । यो समयमा कुनै पनि शुभकार्य गर्नुहुँदैन । अभिजित मुहूर्त भएको समयमा मात्र शुभ कार्य गर्न सकिन्छ । आज ११ः३४ देखि १२ः२८ सम्म शुभ समय रहेको छ । शुक्रबार यात्रा, किनमेलको लागि शुभ दिन हो । आजको देवता लक्ष्मी र ग्रहदेव सूर्य रहेको छ । भनिन्छ, शुक्रबारको दिन मनोरञ्जनात्मक कार्यका लागि समय छुट्याउन सकिन्छ ।

मेष – आज देवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । मनमा सकारात्मक सोचका लागि सूर्योदयको दर्शन गरेपछि आजको दिनको शुरुवात गर्नुहोला । मेष राशिका जातकका लागि आजको दिन रोजगारीको क्षेत्रमा तपाईलाई नयाँ सफलता प्राप्त हुनेछ ।

वृष – व्यापार व्यवसायबाट प्राप्त हुने अर्थलाभले खुसियाली हुनेछ । सोच अनुसार काम हुनेछ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला । सकारात्मक सोचले मात्र आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ । तपाईंमाथि अनावश्यक आरोप लाग्नसक्छ । घर परिवारका सदस्यबीच मतभेद पनि हुनसक्छ ।

मिथुन – आजको दिन परिवार र आफन्तजनले तपार्इंमाथि अनेक आरोप लगाउन सक्नेछन् । कसैप्रति पनि आग्रह पूर्वाग्रहको भावना नराख्नुहोला । आजको दिन सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । चन्द्रमाको साथ रहेको छ । आज बिहान सूर्यनारायणको दर्शन पनि दिनको शुरुवात गर्नु उत्तम हुनेछ ।

कर्कट – आजको दिन शुभ रहेको छ । आजको दिन आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको काममा लाग्नु भयो भने मनमा सन्तोष छाउने छ ।

सिंह – परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यहरुले अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ । कसैसँग अनावश्यक विवाद नगर्नुहोला । सकारात्मक सोच राख्नुहोला ।

कन्या – कन्या राशिका जातका लागि आजको दिन आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीको धनराशिबाट महिला र बृद्ध माताहरुलाई केही उपहार दिनु होला । तपाईमाथि अनावश्यक आरोप पनि लाग्न सक्छ । कुनै कुमारी कन्यालाई खाने बस्नु र बस्त्र दान दिनुहोला ।

तुला – आजको दिन सुुरु गरेको काम सफल हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा ध्यान दिनु पर्ने छ ।

वृश्चिक- वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ। विवाद हुने काम नगर्नु होला ।

धनु – तपाईंले सोचअनुसारको काम हुनेछ । चन्द्रमाको साथ रहेको छ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले मनोरञ्जन दिनेछ । धनु राशि भएका जातका लागि ग्रह बलिया भएका छन् ।

मकर – आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन शिवालयको मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ । आज आफन्तजनको साथ सहयोगले तपाईको मनमा प्रसन्नता छाउने छ ।

कुम्भ – कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन देवालयको दर्शन गर्नुभयो भने मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । मौन रहनु उत्तम हुनेछ ।

मीन – बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने लाभ हुनेछ । सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन अध्ययन लेखनमा मन जानेछ । साँझको समयमा शिवालय यात्रा गर्दा सकारात्मक उर्जा मिल्नेछ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ७ : ३९ बजे