इलामको फाकफोकथुममा एमाले विजयी



इलामको फाकफोकथुम गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार दीपेन्द्र खनाल अध्यक्ष पदमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डिकबहादुर थापालाई पराजित गर्दै उनि गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

विजयी उम्मेदवार खनालले पाँच हजार ३२२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार थापाले चार हजार ८२१ मत प्राप्त गरे ।

उपाध्यक्ष पदमा पनि गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार केबी बान्तावालाई पराजित गर्दै एमालेकी उम्मेदवार कल्पना राई विजयी भइन् । राईले पाँच हजार १५८ मत प्राप्त गर्दा बान्तावाले चार हजार १७४ मत प्राप्त गरेका थिए ।

योसँगै जिल्लाका नौ पालिकाहरुको अन्तिम नतिजा आइसकेको छ । जिल्लाको सबैभन्दा ठूलो नगरपालिका सूर्योदयको भने अझै मतगणना सम्पन्न भइसकेको छैन ।

प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार  ८ : १५ बजे