मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँचखालमा कांग्रेसका महेश खरेलले लिए तिन हजार बढिको अग्रता



काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महेश खरेलले अग्रता लिएका छन् । वडा नं १० सम्म सम्पन्न मतगणना परिणामअनुसार उनले नौ हजार ९३७ मत प्राप्त गरे भने नेकपा (एमाले)(का कञ्चन अधिकारीले छ हजार ४७ मत प्राप्त गरे ।

त्यस्तै उपप्रमुखमा नेकपा ९माओवादी केन्द्र०का चेतप्रसाद गौतमले सात हजार १५८ मत प्राप्त गरे भने एमालेका सूर्यमाया दनुवारले छ हजार ९५१ मत प्राप्त गरे । मतगणना सम्पन्न भएको वडामध्ये वडा नं १ माओवादी केन्द्रका जयबहादुर तामाङ, वडा नं २,३, ४,७ र ८ मा कांग्रेसका क्रमशः रामेश्वर दाहाल,सुन्दर अधिकारी, सुन्दर तामाङ, रामकृष्ण दङ्गाल र सञ्जय तामाङ , वडा नं ५ मा एमालेका सीताराम ढुङ्गाना, वडा नं ६ मा नेकपा ९एकीकृत समाजवादी०का रामशरण दुलाल, वडा नं ९ र १० मा एमालेका क्रमशः रामकाजी श्रेष्ठ र नारायणप्रसाद सापकोटा विजयी भएका छन् । १३ वटा वडा रहेको पाँचखालमा तीन वडाको मतगणना जारी छ ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १० : ५८ बजे