धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित



धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् । उनले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे ।

त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघा विजयी भए । उनले २० हजार ५१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम लिम्बूले १७६०६ मत पाए ।

प्रकाशित मिति : जेष्ठ ८, २०७९ आईतबार  ५ : २६ बजे