मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एन्फा अध्यक्ष कर्माछिरिङको भोलि उम्मेदवारी घोषणा कार्यक्रम, यस्तो छ एन्फा चुनाबको अङ्कगणित



अखिल नेपाल फुटबल संघ ९एन्फा० का वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले भोलि (सोमबार) आफ्नो समूहको कार्यक्रम राखेका छन् ।

शेर्पाले भोलि तीनकुने स्थित रोयल वैंक्वेटमा ११ बजे कार्यक्रम राखेका हुन् । एन्फाको निर्वाचन ६ असारमा हुँदैछ ।

जसका लागि शेर्पाले पुनः अध्यक्षमा उम्मेदवारी दिने योजना बनाएका छन् । २०७४ सालमा एउटै समूहबाट आएका हालका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले यस पटक अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

गत ४ जेठमा पंकज नेम्बाङले समूहले ललितपुरको एक होटेलमा कार्यक्रम गरेर मार्फत उम्मेदवारी घोषणा दिए ।

पंकज पक्षमा यस पटक कर्मा निकट देखिएका मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष विजय घले देखिए । यस्तै तटस्थ रहेका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ र पूर्व उपाध्यक्ष सुनिल राणा समेत पंकज पक्षमा खुलेका छन् ।

यता, ब्रिगेड ब्वाइज क्लब (बीबीसी) का उपाध्यक्ष राजु हाँयजु, बाँसबारी क्लबका प्रेम थापा समेत पंकज समूहमा देखिएका छन् ।

भोलि हुने शेर्पाको उम्मेदवारी घोषणा कार्यक्रममा वर्तमान उपाध्यक्ष शिक्षित पराजुली र उपेन्द्रमान श्रेष्ठ रहने छन् ।भोलिको कार्यक्रमम तेस्रो धार देखिएका महासचिव इन्द्रमान तुलाधरसमेत कर्मा पक्षमा देखिने सम्भावना छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ६ : ४४ बजे