मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखराको प्रमुखमा गठबन्धनका आचार्य तीन हजार ४३७ मतले अगाडि



पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा९एकीकृत समाजवादी०का धनराज आचार्यले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् ।

वैशाख ३० गतेको निर्वाचनमा पोखरामा एक लाख ४३ हजार २२६ मत खसेकामा आज साँझ ८ बजेसम्म एक लाख १२ हजार ५८० मतगणनामा प्रमुखका उम्मेदवार आचार्य तीन हजार ४३७ मतले अघि छन् । आचार्यले हालसम्म ४५ हजार २७ मत प्राप्त गर्नुभएकामा उनका निकटतम प्रतिस्पर्धी नेकपा९एमाले०का कृष्णबहादुर थापाको ४१ ह्जार ५९० मत रहेको छ । मतगणनाको सुरुआतदेखि नै अग्रता बनाएका आचार्यले मतगणना अन्तिम चरणमा पुग्दासम्म आफ्नो अग्रता कायमै राख्न सफल भए ।

यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा९एमाले०का उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ । गुरुङले ४७ हजार ३२४ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम प्रत्याशी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ४४ हजार ९६४ मत रहेको छ । उपप्रमुखमा गुरुङ दुई हजार ३६० मतले अघि छिन् ।

पोखरामा हालसम्म २३ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । महानगरका ३३ वडामध्येमा हालसम्म नेपाली कांग्रेसले १६ वडामा जीत हासिल गरेको छ । नेकपा एमालेले सात वडा जितेको छ । अहिले वडा नं ११, १७, १८, १९, २१, २२, ३०, ३१, ३२ र ३३ नं वडाको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सोमबार रातिसम्म पोखराको सबै वडाको मतपरिणाम सार्वजनिक हुने जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ८ : ५७ बजे