मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गढीमाई नगरपालिकाको मेयरमा कांग्रेसका श्यामप्रसाद यादव निर्वाचित



रौतहटको गढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसमा उम्मेदवार श्यामप्रसाद यादव विजयी भएका छन् । कारीब ५ सय ५८ मतको मतान्तरसहित यादब विजयी भएका हुन ।

यादवले ८ हजार ६ सय ३१ मतसहित मेयरमा विजयी भए भने यादवका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार शेख अबुलकलाम आजादले ८ हजार ७३ मत प्राप्त गरे ।

उपमेयरमा जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार स्मिताकुमारी यादव ६ हजार ६७१ सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०का उम्मेदवार नागेन्द्र सिंहले ५ हजार ९०२ मत ल्याए ।

रौतहटको १८ मध्ये १६ वटा पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । फतुवा विजयपुर र गरुडाको मतगणना जारी छ ।

 

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ११ : २४ बजे