मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपन्न परिवारमा जुम्ल्याहा शिशु जन्मिए, आमा र शिशुको स्याहारमा समस्या



सुन्दरबजार नगरपालिका( ३ च्यानपाटा नजिकैको डाँडागाउँस्थित एक परिवारमा दुई महिनाअघि जन्मिएका जुम्याहा शिशुसँगै आमाको स्याहारसुसार र पोषणमा समस्या भएको छ । डाँडागाउँमा बस्दै आएका शिशुकी सुष्मा र बाबु विजय सुर्खेतीको आर्थिक कमजोर भएका कारण जुम्ल्याहा शिशु र आमाको उचित स्याहारसुसार र पोषणमा समस्या परेको हो ।

दुई महिना घि सुष्माले जुम्ल्याहा छोरा जन्माएकी थिइन्। उनीहरूले आमाको दुध पर्याप्त नआएकाले ल्याक्टोजिन खुवाउँदै आएका थिए । अब उनीहरूसँग भएको पैसा सकिएकोले ल्याक्टोजिनसम्म खुवाउन नसक्ने अवस्था आएको हो । एक प्याकेट ल्याक्टोजिनको साढे सात सय रुपैयाँ पर्ने र त्यसले दुई बच्चालाई मुस्किलले तीन दिन पुग्ने आमा सुष्माले बताइन । उनका अनुसार बच्चाहरूको पोषणमा मात्रै एक महिनामा करिब साढे सात हजार रुपैयाँ खर्च लाग्छ।

गाउँमै ज्याला मजदुरी गर्दै आएका विजयको सुत्केरीलाई आवश्यकताअनुसार पोषिलो खाना र शिशुहरूलाई दुधजन्य पोषण खुवाउन नसकेको दुःखेसो गरे । बच्चा जन्मिएको भोलिपल्टदेखि नै स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल लगिएकोमा आफूले जोहो गरिराखेको ५० हजार सकिएको बताए । भएको रकम सुत्केरी खर्च र उपचारमा सकिएपछि अहिले आमा र बच्चाको स्याहारसुसार र पोषणमा समस्या भएको उनको भनाइ छ ।

उनीहरूलाई स्थानीय सहयोग जुटाएर खाना र स्याहारको व्यवस्था गरे पनि पर्याप्त नभएको पूर्वशिक्षक डिल्लीबहादुर रम्तेल बताउँछन् । स्थानीयले पाँच हजार रुपैयाँ सहयोग गरेकोमा त्यसले केहीदिन खानाको व्यवस्था भएको उनी बताउँछन्।

दोर्दी गाउँपालिकाको श्रीमञ्ज्याङस्थित आफन्तहरूले पनि सहयोग जुटाएर केहीदिन अघि १२ हजार रुपैयाँ दिएको शिशुका बाबुले बताए । यस्तै सहयोगले अहिलेसम्म जसोतसो सुत्केरी श्रीमती र छोराहरूलाई ल्याक्टोजिन खुवाउँदै आएको उनले बताए । सात महिनामै जन्मिएकाले जुम्ल्याहा बच्चालाई जोगाउन अझै बढी स्याहार सुसार गर्नुपर्ने आमा सुस्माले बताउँछिन् ।

बेँसीशहर नगरपालिका( ६ सारिङ स्थायी घर भएका विजयले तनहुँ पुर्कोटकी सुष्मासँग विवाह गरेको र अहिले डाँडागाउँस्थित खिमबहादुर मजाकोटीको खाली घरमा बसिरहेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ४ : १९ बजे