Notice: Trying to get property 'slug' of non-object in /var/www/html/wp-content/themes/newsanchar/functions.php on line 49
नेपालको संचार – newsanchar.com | गोलाप्रथाबाट जिसस रसुवाको प्रमुख उपप्रमुखमा एमाले विजयी
२०७९ असार १५ बुधबार

गोलाप्रथाबाट जिसस रसुवाको प्रमुख उपप्रमुखमा एमाले विजयी

गोलाप्रथाबाट जिसस रसुवाको प्रमुख उपप्रमुखमा एमाले विजयी


  • 201
    SHARES
    • न्यू सञ्चार
    • आइतबार, जेष्ठ २९ २०७९
    • काठमाडौँ

    जिल्ला समन्वय समिति रसुवाको प्रमुख तथा उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ । नौ सदस्य पदका लागि भएको निर्वाचनमा मत बराबर भएपछि गोलाप्रथा गरिएको थियो ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा एमालेका अशोककुमार घिमिरे, उपप्रमुखमा एमालेकै विजय लामा निर्वाचित भएका छन् ।

    समिति सदस्यहरूमा एमालेका कामीछिरिङ तामाङ, खुवाप्रसाद पौडेल र कांग्रेसका खिलबहादुर न्यौपाने निर्वाचित भएका हुन् । महिला सदस्यमा एमालेकी देशीरानी तामाङ, कारतोक लामा र सबिता गुरुङ निर्वाचित भएका छन् । दलित तथा अल्पसंख्यक सदस्यमा कांग्रेसकी पार्वती विश्वकर्मा निर्वाचित भएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    पाँचवटा गाउँपालिका रहेको जिल्लामा पालिकाको अध्यक्ष तथा उपाध्यक्षमा एमाले र कांग्रेसले पाँच(पाँच सिट जितेका थिए । जिससको पदाधिकारी चयनका लागि अध्यक्ष तथा उपाध्यक्षले मात्र मतदान गर्न मिल्ने भएकाले मत बराबर आएको थियो । मतबराबर आएपछि गोलाप्रथाबाट कार्यसमिति चयन गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।

    आइतबार, जेष्ठ २९ २०७९
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

    © 2022 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology