पौडीः २०० मिटर फ्रिस्टाइलमा नासिरको कीर्तिमान



हंगेरीको बुडापेस्टमा जारी १९औं फिना विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेका नासिर हुसेनले पुरुष २०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

नासिरले फ्रिस्टाइल निर्धारित दूरी दुई मिनेट ००.९९ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । नासिरले यसअघि दुई मिनेट ०१.६० सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।

प्रतियोगितामा नेपालको तर्फबाट नासिरसँगै महिलामा डुवाना लामा सहभागी छन् ।

प्रकाशित मिति : असार ५, २०७९ आईतबार  ४ : २७ बजे