मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसिसी महिला टी २० च्याम्पियनसिप अन्तर्गत आज नेपाल र हङकङ खेल्दै, समूह विजेता बन्ने अवसर



नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीले एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ ।

मलेसियामा हुने खेल दिउँसो १२ बजे सुरु हुनेछ । प्रतियोगितामा चौथो खेल खेल्दै गर्दा नेपाल जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

समूह ‘बी’ मा रहेको नेपालले सोमबार तेस्रो खेलमा बहराइनलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको थियो ।

यसअघि नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको थियो । नेपालको तीन खेलमा ६ अंक छ । हङकङलाई हराएमा नेपाल समूह बी को विजेता बन्ने छ ।

प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ । समूह ए मा युएई, ओमान,कतार र सिंगापुर रहेका छन् ।

प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ९ : १० बजे