बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट



सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेंलो धातु  मंगलबार प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८०० छ ।  मंगलबार  प्रतितोला रु ९४ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य  मंगलबारको  तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार १७० तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : असार २९, २०७९ बुधबार  ११ : ५७ बजे