राष्ट्रिय सभामा नागरिकता संशोधन विधेयक छलफलका लागि प्रस्तुत



राष्ट्रिय सभामा नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ लाई छलफलको लागि प्रस्तुत गरिएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा नेपाल नगारिकता पहिलो संशोधन विधेयक, २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गरेका हुन् ।

गृहमन्त्रीले प्रस्ताव पेश गरेपछि अहिले राष्ट्रिय सभामा नागरिकता विधेयकमाथि छलफल चलिरहेको छ ।

प्रकाशित मिति : श्रावण ९, २०७९ सोमबार  १२ : २४ बजे