प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची



प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दै छ ।

‘आजको बैठक मा खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टाण्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयक, २०७४’, ‘प्रत्यायन विधेयक, २०७८’ विधेयक प्रस्तुत् गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आजै ‘तथ्यांक विधेयक, २०७८’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने पनि सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित मिति : श्रावण १७, २०७९ मंगलबार  ८ : १२ बजे