मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कामदार जापान लैजान आज संयुक्त बैठक बस्दै, सुरुमा ८ सय ५० जना जाने



जापानी भाषा र सीप परिक्षा उर्तिण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुंगो लगाउन संयुक्त समितिको बैठक आज बस्दैछ ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेल र जापान सरकारकातर्फवाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वको प्रतिनिधि मण्डलको संयुक्त बैठक आज बस्न लागेको हो ।

बुधवार मन्त्रालयले बिज्ञप्ति जारी गरी भाषा र सीप परिक्षामा उर्तिणलाई सीपयुक्त श्रमिक कोटावाट जापान पठाउने अन्तिम तयारी भएको जनाउँदै बिहिवार संयुक्त बैठक बस्ने जानकारी दिएको थियो । सो प्रणाली अन्र्तगत कृषि, मत्यस्यपालन, औद्यगिक क्षेत्र, होटेल तथा रेष्टुरेन्ट, पर्यटन, निमार्ण, नर्सिङ र केयरिङलगायत १४ वटा क्षेत्रमा भाषा र सीप परिक्षा उर्तिण भएका नेपालीले काम गर्ने अवसर पाउने छन ।

दक्षिण कोरिया पछि सुरक्षित र आर्कषक आम्दानी हुने देशमा पर्ने भएकाले पहिलो पाँच बर्षमा ४५ हजार १ सय ५० नेपाली श्रमिकलाई जापान लैजाने दुवै देशका बिचमा अनौपचारिक सहमति भएको थियो । गत ११ चैत २०७५ मा उच्च सीपयुक्त कामदार अन्तर्गत नेपाली नागरिकलाई जापनामा रोजगारीको अवसर प्रदान गर्ने गरी नेपाल र जापान सरकार बिच श्रम समझदारीमा हस्ताक्षर भएको हो ।कोरोना महामारीका कारण झन्डै ३ बर्ष अडकिएको सो प्रक्रिया सुरु गर्नका लागि आज नेपाल र जापान बिच संयुक्त बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  १० : २८ बजे