बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ



काठमाडौं, १९ साउन

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका-७ घर भइ हाल काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्दै आएका ४६ वर्षीय दिपक चन्द्र आचार्य रहेका छन् ।

बैंकिङ कसुर मुद्दामा १९ लाख ५० हजार विगो माग गरिएकोमा उनी फरार रहेका थिए । उनलाई विशेष अनुसन्धान टोलीले बिहीबार काठमाडौंको थापागाउँबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धानका लागि प्रहरी वृत गौशाला पठाइएको छ ।

प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार  ६ : ३३ बजे