मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यु २० टिम स्वदेश फर्कियो



काठमाडौं, १९ साउन,नेपाली राष्ट्रिय यु २० पुरुष फुटबल टिम बिहीबार स्वदेश आइपुगेका छ । भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा जारी साफ यु २० च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्किएको हो ।

प्रतियोगितामा चार खेल खेलेको नेपाललले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो । नेपाल फाइनल भने पुग्न असफल भयो ।

नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष पंकजविक्रम नेम्बाङ, उपाध्यक्ष द्वय दीपक खतिवडा र विराटजंग शाही, सदस्य द्वय महेन्द्र श्रेष्ठ र पेमा डोल्मा लामा लगायतले स्वागत गरे ।

नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० को नतिजामा हराउँदा आयोजक भारतलाई ८–० को नतिजा सुम्पिएको थियो । बंगलादेशसँग १–१ को बराबरी खेल्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।

राउन्ड रोबिन पद्धतिमा सम्पन्न प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलमा स्थान बनाउने हुँदा नेपाल तेस्रो स्थानमा मात्रै सीमित भयो ।

अपराजित रहँदै शीर्ष स्थानमा रहेको बंगलादेश र भारतले उपाधिका लागि शुक्रबार प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ८ : ३० बजे