पछिल्लो २४ घण्टामा नेपालमा थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७१ पुगेको छ।
शनिबार ४४४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ६४१ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।














