मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो २४ घण्टामा छ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि



आज छ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार छ सय ८२ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय ४१ पुगेको छ । यस अवधिमा चार सय ४४ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नौ लाख ७२ हजार ६४ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म ११ हजार नौ सय ७१ जनाको सङ्क्रमणबाट निधन भएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : २४ बजे