मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप १०९० जनामा कोरोना संक्रमण पुष्टि २ को मृत्यु



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक हजार ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार ६ हजार ३०० नमुना परीक्षण गर्दा एक हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
दुई हजार ९५८ नमुनाको पीसीआर परीक्षण गर्दा ५६० जनामा र तीन हजार ३४२ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३८ जना कोरोना संक्रमणमुक्त हुँदा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार पाँच हजार ३५१ नमुना परीक्षण गर्दा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४७० जना संक्रमणमुक्त भएका थिए । साथै एक जना संक्रमितको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ४ : ५९ बजे