मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युक्रेनको आणविक संकटबारे सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्ने एजेन्सी



तेहरान, २६ साउन । युक्रेनको जापोरिज्जिया आणविक परिसरमा जारी संकट समाधान गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्ने भएको छ ।

रुस र युक्रेनले एकअर्कालाई बम विष्फोट गरेको आरोप लगाइरहेका बेला बिहीबार आपत्कालीन बैठक बस्न लागेको हो । रुसको अनुरोधमा परिषद्को बैठक बस्न लागेको हो । रुस परिषदको स्थायी सदस्य हो । रुस बाहेक बेलायत, चीन, फ्रान्स र अमेरिका पनि परिषद्का स्थायी सदस्य हुन् ।

मंगलबार रुसले गरेको एक शक्तिशाली विस्फोटमा विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको थियो । उक्त विस्फोट दक्षिणपूर्वी युक्रेनको जापोरिज्हिया पावर प्लान्टनजिकै भएको थियो । यो प्लान्ट युरोपकै सबैभन्दा ठूलो मानिन्छ । रुसी सेनाको हमलाले अन्तर्राष्ट्रिय समुदायलाई त्रसित बनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ८ : २९ बजे