मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शनिबार २६३ संक्रमीत थपिए, दुईजनाको मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने देशभर दुईजनाको मृत्यु भएको छ । २४ घण्टामा तीन हजार १६५ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा २६३ जनाको नतिजा पोजिटिभ आएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ५०१ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ७५ हजार ३०७ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ४३४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ४ : २९ बजे