मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९८८ पुगेको छ।

गत २४ घण्टामा देशभर २ हजार ३३८ पीसीआर तथा २ हजार ५२१ एन्टिजेन परीक्षण भएको छ।

आइतबार ३०२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ४३५ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ४ : ५५ बजे