मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीलंका फर्किदै गोटाबाया राजापाक्षे



कोलम्बो, २ भदौ । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्कने भएका छन् । राजापाक्षे अगस्ट २४ मा श्रीलंका फर्किन लागेको उनका भतिजा उदयांगा वीरातुंगाले बताएका छन् । अभूतपूर्व आर्थिक संकटपछि व्यापक सरकारविरोधी प्रदर्शनबीच राजापाक्षे देश छोडेर भागेका थिए ।

२ करोड २० लाख जनसंख्या भएको देश श्रीलंकाले सात दशकमा सबैभन्दा खराब आर्थिक उथलपुथलको सामना गरिरहेको छ । खाद्यान्न, औषधि, इन्धन र अन्य आवश्यक सामग्रीहरू किन्न लाखौँ मानिसले संघर्ष गरिरहेका छन् । गत मार्चमा सुरु भएको विशाल प्रदर्शन राजापाक्षेको राजीनामासँगै टुंगिएको थियो ।

सन् २००६ देखि २०१५ सम्म रुसका लागि श्रीलंकाका राजदूत रहेका वीरातुंगाले भने, ‘उनले मसँग फोनमा कुरा गरे, म तपाईलाई भन्न सक्छु कि उनी अर्को हप्ता स्वदेश फर्किनेछन् । ’

७३ वर्षीय गोटाबाय अगस्ट २४ मा फर्कन सक्ने तर, उनलाई पुनः निर्वाचित गर्न नहुने वीरातुंगाले बताए । ‘तर उसले अझै पनि देशको लागि केही सेवा गर्न सक्छ जुन उसले पहिले गरेका थिए’, वीरातुंगाले भने ।

राजापाक्षे हाल थाइल्याण्डको राजधानी बैंककको मुटुमा रहेको एउटा होटलमा बसिरहेका छन् । सुरक्षाका कारण प्रहरीले उनलाई कोठाभित्रै बस्न सल्लाह दिएको छ । उनी ११ अगस्टमा सिंगापुरबाट थाइल्यान्ड गएका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ६ : १८ बजे