मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गिरीको निधनमा संसद बैठकले शोक प्रस्ताव पारित गर्ने



दिवगंत नेता प्रदिप गिरीको निधनमा प्रतिनिधिसभाको आजको बैठकले शोक प्रस्ताव पारित गर्ने भएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा गिरिप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै शोक प्रस्ताव पारित गर्ने भएको हो ।

२०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा– ५ बाट पहिलोपटक सांसदमा निर्वाचित भएका गिरी त्यसपछि क्रमशस् २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा भने समानुपातिक सदस्यमा निर्वाचित भएका थिए ।

यसैगरी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा–१ बाट निर्वाचित भएको क्यान्सर पिडित गिरीको शनिवार राती उपचारको क्रममा निधन भएको थियो ।

नेपाली कांग्रेसवाट प्रतिनिधित्व गर्ने सांसद गिरिको आइतवार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १० : २४ बजे