मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठबन्धनका शीर्ष नेताहरूको बैठक निष्कर्ष बिनै सकियो, भोलि फेरि बस्ने



काठमाडौं, ६ भदौ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पाँचदलीय सत्ता गठबन्धनको बैठक सकिएकोको छ । चुनावी रणनीति र सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक बसेको हो ।

बैठकमा सिट बाँडफाँटबारे छलफल गरेको तर कुनै निष्कर्षमा पुगिनसकेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गठबन्धनका शीर्ष नेताहरूको बैठक भोलि दिउँसो ३ बजे फेरि बस्ने सञ्चारमन्त्री कार्कीले जानकारी दिए ।

सिट बाँडफाँटको मोडालिटी बनाउन गठबन्धनले बनाएको कार्यदलमा सिट संख्यामा सहमति जुट्न नसकेपछि शीर्ष तहमै उक्त विषयमा छलफल हुन थालेको हो ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ८ : ११ बजे