मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज मधेश,बागमती,लुम्बिनी र प्रदेश १ मा मेघ गर्जन र चट्याङ्ग सहितको वर्षा



काठमाडौं, ७ भदौं । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ।

मौसम पुर्वनामुन शाखका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भू–भागहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राती मधेश प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ।

उता, प्रदेश १ र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने मौसम पुर्वानुमान शाखाले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ७ : ५५ बजे