मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी गर्भनर ताइपेइ भ्रमणमा



ताइपेइ, ७ भदौ । स्वशासित टापुमा चीनको सैन्य धम्कीपछि सहयोगस्वरुप वासिंगटनले ताइपेइसँग व्यापार वार्ता घोषणा गरेपछि अमेरिकी गभर्नरले ताइवानका राष्ट्रपतिलाई भेट गरेका छन् । इन्डियाना राज्यका रिपब्लिकन गर्भनर इरिक होलकम्ब ‘आर्थिक विकास यात्रा’ का लागि आईतबार ताइवानमा उत्रिए । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइपेई भ्रमणको बदलामा बेइजिङले ताइवान स्ट्रेटमा सैन्य प्रदर्शन गरेपछि अमेरिक र चीनबीच तनाव बढेको छ ।

ताइवान चीनको अतिक्रमणको निरन्तर धम्कीमा बाँचेको छ । चीनले टापुलाई आफ्नो महत्वपूर्ण क्षेत्रको रुपमा दाबी गर्दै त्यसलाई आवश्यक परे कब्जा गर्ने चेतावनी दिएको छ । बेइजिङले ताइवानलाई वैधानिकता दिन सक्ने कुनै पनि कूटनीतिक कार्यको आलोचना गर्छ र पश्चिमी अधिकारीहरू र राजनीतिज्ञहरूको भ्रमणप्रति बढ्दो क्रोधको साथ जबाफ दिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : २८ बजे